काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांकसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय...
राष्ट्रियसभामा उत्पत्तिको भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकले सर्वसम्मतिले यो विधेयक पारित गरेको हो । २०७६ माघ ६ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक २०७८ साउन २० गते राष्ट्रिय सभाले पारित गरेको थियो ।राष्ट्रियसभाले पारित गरेको १ वर्षपछि प्रतिनिधि सभाले यो विधेयक पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐनको रुपमा कार्यान्वयनमा आउनेछ । विधेयक प्रमाणीकरण भएको ३१ औं दिनदेखि प्रारम्भ हुनेछ ।&nbs