समानुपातिक तर्फको बन्दसूची संशोधन आजसम्म

काठमाण्डौ – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूची संशोधनको समय आज सकिँदैछ ।  दलहरूले यसअघि बुझाएको सूचीलाई संशोधन गर्नुपर्ने भएमा संशोधित सूची बुझाउन आयोगले आजसम्मको समय दिएको हो ।  आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो ।  दललाई असोज १० गतेदेखि परिमार्जित सूची पेस गर्न भनिएको थियो । सम्बन्धित दललाई संशोध...