प्रि - ओपन सेसन : ३.२० अंकले बढ्यो नेप्से

माघ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि - अ‍ोपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव २० अंकले बढेको छ । प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ९०१ दशलमव ५१ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २१ ओटा कम्पनीको १ हजार ९०१ कित्ता शेयर रू.९ लाख ११ हजार ३३९ मा खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री सांग्रिला डभेलपमेन्ट बैंकको भएको छ । उक्त कम्पनीको  रू.२ लाख ८१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  अघिल्लो करोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ३५ अंकले घटेर २ हजार ८९८ दशमलव ३१ विन्दुमा बन्द भएको थियो । उक्त दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ८४ हजार २३३ पटकमा रू. ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ दशमलव शून्य ३ खरीदविक्री भएको थियो । अघिल्लो कारोबार दिन मंगलवार भने ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधवारको बजारमा सामान्य करेक्सन आएको थियो । लगातार केहि दिनदेखि बढेको बजारमा कारोबारीहरुले नाफा बुक गरेकाले करेक्सन आएको हो ।