काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन पुगेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर माओवादी केन्द्रभित्र दाहाल र श्रेष्ठबीच मतभेद बढेको छ । एमसीसी संशोधनबिना अनुमोदन गर्न नहुने पक्षमा श्रेष्ठ दृढ थिए । उनले सार्वजनिक रुपमै पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका थिए । […]