छ महिनाभित्र विद्यालय निर्माणले पूर्णता पाउँदै

आगामी छ महिनाभित्र भूकम्प प्रभावित जिल्लामा नयाँ विद्यालय भवन निर्माण कार्यले पूर्णता पाइसक्ने भएको छ । नेपाल सरकारको लगानीका विद्यालय भवनको निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न भए पनि विदेशी दाताले निर्माण गरिदिने भवन सम्पन्न हुन अझै केही समय लाग्नेछ । गत २०७२ सालको भूकम्पले ३१ जिल्लाका सात हजार ९२३ विद्यालय भवनमा क्षति पुगेको थियो । तीमध्ये सात हजार ५५३ भवनको पुनर्निर्माण भइसकेको छ भने अहिले एक हजार ४६८ विद्यालय भवन निर्माण भइरहेका छन् । जग्गा व्यवस्थापन लगायतका कारण विद्यालय गाभिएकाले ३७० विद्यालय भवन निर्माण गरिरहनु परेन ।