अलमुताइरीको राजीनामा घोषणापछि एन्फाले डाक्यो आपतकालीन बैठक

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा घोषणा गरेपछि एन्फाले आपतकालीन बैठक डाकेको छ ।  अलमुताइरीले सामाजिक सञ्जालमा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङमाथि विभिन्न आरोप लगाउँदै राजीनामा घोषणा गरेका थिए ।  सो विषयमा छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रीय कायसमितिको आपतकालीन बैठक शुक्रवार अपरान्ह ४ बजेका लागि बोलाएको हो ।  पछिल्लो घटनाक्रममा र साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव गरी दुईवटा विषयमा छलफलका लागि बैठक ...

सम्बन्धित सामग्री