काठमाडौं : कोरोना भाइरस विरुद्धको खोप लगाएपछि ठमेल क्षेत्रका व्यवसायीहरुले पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन्। ठमेल पर्यटन विकास परिषद्को आग्रहमा नेपाल सरकारले १० हजार खोप उपलब्ध गराएपछि व्यवसायी खुसी भएका हुन्।चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन्। परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरु मध्ये ९५ प्रतिशतले खोप लगाइसकेको बताए।