चौरजहारीमा रहेको पीसीआर ल्याब पुन: सञ्चालनमा

जेठ ३, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर मेशिन पुनः सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकामा करीब ६ महीनापछि पीसीआर ल्याब पुनः सञ्चालनमा आएको हो । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिन थालेपछि पीसीआर मेशिन सञ्चालनमा ल्याएको नगरपालिकाले जानकारी दिएको छ । आर्थिक समस्याका कारण बन्द भएको पीसीआर मेसीन ६ महीनापछि मेशिन सञ्चालन शुरु भएको हो । बजेट अभावका कारण किट, जनशक्ति तथा आवश्यक सामग्रीको व्यवस्थापनमा समस्या भएपछि प्रयोगशाला बन्द भएको थियो ।  जिल्लामा पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको लहर तीव्र रूपमा फैलिएपछि प्रयोगशाला पुनः प्रयोगमा ल्याइएको नगर स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिएका छन् । उनले भने, ‘तत्काल करीब २०० किट खरीद गरेको छ ।’  जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि सुर्खेत पठाउनु पर्ने बाध्यता भएपछि ल्याब सुचारु गरेको शर्माको भनाइ रहेको छ । अब आसपासका जिल्लाका स्वाब पनि प्रयोगशालामा परीक्षण हुने शर्माले जानकारी दिए  । कोरोनाको संक्रमण दर बढेसँगै नगरपालिका आफैंले किट, पीपीई सेटलगायतका सामग्री र जनशक्ति व्यवस्थापन गरेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । केही सामग्री र जनशक्ति अभावका कारण प्रयोगशालामा क्षमताको ५० प्रतिशत मात्र नमूना परीक्षण भइरहेको  छ । प्रयोगशालाका लागि कर्णाली प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि निकासा नभएको नगर उपप्रमुख राधा रोकाले बताइन् ।  कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले आफ्नै लगानीमा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । गत वर्ष १ करोड २३ लाख रुपैयाँ खर्चिएर नगरपालिकाले प्रयोगशाला स्थापना गरेको हो ।   

सम्बन्धित सामग्री

कर्मचारीको करार सेवा थप नभएपछि महाकाली अस्पतालको पीसीआर ल्याब बन्द

दोधारा चाँदनी : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ। कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्तालको पीसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप…

बाजुरामा निःशुल्क पीसीआर सेवा

बाजुरा, (नेस) । बाजुरा जिल्लामा पीसीआर जाँच सेवा निःशुल्क गरिएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँच गर्न निःशुल्क पीसीआर ल्याब सञ्चालनमा ल्याएको हो । बाजुरा जिल्ला अस्पतालले सञ्चालमा ल्याएको पीसीआर ल्याबमा कोरोना जाँच निःशुल्क गर्ने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले बताउनुभयो । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पीसीआर ल्याब […]

मन्त्रीले उद्घाटन गरेको एक महिनापछि पीसीआर ल्याब सञ्चालनमा आयाे

रामेछाप – वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल (क्षेत्री) ले उद्घाटन गर्नुभएकाे जिल्ला अस्पताल रामेछापको पीसीआर ल्याब एक महिनापछि गएकाे मङ्गलवारदेखि सञ्चालनमा आएको छ ।  गएकाे साउनमा प्रदेश सरकारकाे सहयाेगमा बनेकाे पीसीआर ल्याब सञ्चालनमा नआउँदै मन्त्री कटुवाल गएकाे कात्तिक ६ गते रामेछाप आएर हतारहतारमा रिबन काटेर उद्घाटन गरेर फर्किनुभएकाे थियाे । मन्त्रीले जिल्ला अस्पतालमा पीसीआर ल्याबको उद्घाटन गरे पनि सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा ल्याबमा रहेकाे पीसीआर मेशिन एक महिनादेखि थन्किएर बसेको थियो ।&nbs...

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौ : मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकी छन् । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा मंगलवार पीसीआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उनले अस्पताललाई थप स्रोतसाधन सहयोग गरिने जानकारी समेत दिइन् । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो ।  स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उनको भनाइ छ । मुख्यमन्त्री शाक्यले भनिन्, ‘संघीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिल...

चौरजहारीको पीसीआर ल्याब पुनः सञ्चालन

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा रहेको पीसीआर ल्याब पुनः सञ्चालनमा ल्याइएको छ । चौरजहारी नगरपालिकामा झन्डै ६ महिनापछि पीसीआर ल्याब पुनः सञ्चालनमा आएको  हो । कोरोना महामारीको दोस्रो लहर फैलिन थालेपछि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको हो । आर्थिक समस्याका कारण बन्द पीसीआर ल्याब ६ महिनापछि पुनः सुरु भएको हो । बजेट अभावका कारण किट, जनशक्ति तथा आवश्यक सामग्री व्यवस्थापनमा समस्या भएपछि प्रयोगशाला बन्द थियो । जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको लहर तीव्र रूपमा फैलिएपछि प्रयोगशाला पुनः प्रयोगमा ल्याइएको नगर स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले  जानकारी दिए । उनले भने,  ‘तत्काल करिब २ सय किट खरिद गरिएको छ । जिल्लामा संकलित स्वाब परीक्षणका लागि सुर्खेत पठाउनुपर्ने बाध्यता रहेकाले ल्याब सुरु गरेका हौं  ।’ कोरोनाको संक्रमण दर बढेसँगै नगरपालिका आफैंले किट, पीपीई सेटलगायतका सामग्री र जनशक्ति व्यवस्थापन गरेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । केही सामग्री र जनशक्ति अभावका कारण प्रयोगशालामा क्षमताको ५० प्रतिशत मात्र नमुना परिक्षण भइरहेको छ । प्रयोगशालाका लागि कर्णाली प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि निकासा नभएको नगर उपप्रमुख राधा रोकाले बताइन् । कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले आफ्नै लगानीमा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । गत वर्ष  १ करोड २३ लाख रुपैयाँ खर्चिएर नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो ।

वागमती प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब

हेटौंडा, (नेस) वागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको हो । मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टिजेन पठाइएको र आरटी पीसीआर सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक […]

बागमती प्रदेश सरकारले जिल्लामा पीसीआर ल्याब स्थापना गर्ने

कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मातहतमा परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश २ मा थपिए २७९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९० जना महिला र १ सय ८९ जना पुरुषमा कोरोना संक्रमण…

प्रदेश २ मा आइतवार थपिए ३ सय ६२ जना कोरोना संक्रमित

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९८ जना महिला र २ सय ६४ जना पुरुषमा कोरोना संक्रमण…

प्रादेशिक अस्पताललाई पीसीआर ल्याब हस्तान्तरण

देश कोरोना कहरमा भएको बेला नागरिकस्तरबाट सङ्कलित रकमबाट स्थापना गरिएको झापाको कनकाई-४ कोटीहोममा रहेको पीसीआर ल्याबका सम्पूर्ण सामग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।