सोमबार सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइरहेका बेला यहाँ आउने पर्यटकलाई स्वागत तथा सम्मान गरिएको हो । यहाँका पर्यटकीय क्षेत्रहरुमा यस दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छ । कोभिड–१९ को सङ्क्रमणले थिलथिलो परेको पर्यटन तथा होटल व्यवसायलाई चलायमान बनाउन मनाङवासीले यो तयारी थालेका हुन् ।