जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ । निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।उनका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ बजेसम्म खुला रहनुका साथै बिदाको दिनमा पनि सोही समयसम्म कामकाज हुने रानाले बताए । उक्त सेवा निर्वाचनका समयसम्म जारी रहनेछ । हाल मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई