एनफिल्डमा लिभरपुलको ६८ खेलको अपराजित यात्रा समाप्त

लिभरपुलको प्रिमियर लिगमा घरेलु मैदानमा लगातार ६८ खेलको अपराजित यात्रा समाप्त भएको छ । बर्नलीले प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै लिभरपुलको अपराजित यात्रा समाप्त पारेको हो । आश्ले बार्नसले ८३ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दा लिभरपुलमाथि बर्नलीले रोमाञ्चक जित हात पार्यो । लिभरपुलका गोलरक्षक लिस्सनले खेल सकिन सात मिनेट मात्रै बाँकी रहँदा बार्नसलाई लडाउन पुग्नुभयो । बर्नलीले सन् १९७४ पछि पहिलो पटक एनफिल्डमा जित हात पारेको हो ।

सम्बन्धित सामग्री

आर्सनलको अपराजित यात्रा समाप्त, न्युक्यासलसँग स्तब्ध बन्यो टोली - NepaliPatra

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग १–० गोलले पराजित भएको हो । यता, न्युक्यासललाई घरेलु मैदानमा जित दिलाउन एकमात्र निर्णायक गोल एन्थोनी गोर्डनले गरे । उनले जोएलिन्टनको पासमा खेलको ६४ औं मिनेटमा गोल गरेका हुन् । यो नतिजासँगै आर्सनल ११ खेलबाट […]

पेनाल्टी सुटआउटमा रियल विजयी :: Pahilopost.com

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले लण्डन क्लब आर्सनललाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ। दुई रातो कार्ड, निर्धारित समयको खेल बराबरी, अनी आर्सनलको अपराजित यात्रा समाप्त, खेलको विशेषता बन्यो। निर्धारित समयको खेल २-२ को बराबरीमा सिकएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। जहाँ रियलका लागि इस्को, राफेल