मन्त्री आलेले भने– ‘ओलीको घमण्डलाई जनताले जवाफ दिन्छ’

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अत्यधिक सिट जित्ने एमालेका अध्यक्ष केपीशर्मा ओलीको घमण्डलाई जनताले जवाफ दिने बताएका छन् । काठमाडौँमा आज भएको कार्यक्रममा मन्त्री आलेले आसन्न चुनावमा ६० प्रतिशत स्थानमा जित्ने घमण्ड नगर्न ओलीलाई चेतावनी दिएका हुन् । उनले महाभारतको दुर्याेधनको भन्दा पनि बढी घमण्ड ओलीमा देखिएको पनि टिप्पणी गरेका छन् । […]