किसानलाई आलु र दूध उत्पादनमा घाटा

बागमती प्रदेशका किसानलाई दूध र आलु उत्पादनबाट नोक्सानी हुने गरेको पाइएको छ । कृषि तथा खाद्य संगठन (एफएओ) र कलेज अफ फुड एन्ड डेरी टेक्नोलोजी (क्याफोड्याट)ले गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।...

सम्बन्धित सामग्री

आलु र दूध बिक्रीबाट दुई करोडभन्दा बढी आम्दानी

दोलखाको वैतेश्वर गाउँपालिका–८ यवोका ९३ घरधुरी किसानले यस वर्ष आलु बिक्रीबाट एक करोडभन्दा बढी आम्दानी गरेका छन् । आलु उत्पादनको हिसाबले उर्वर भूमि मानिने यवोबाट मात्रै यस वर्ष एक करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले जानकारी दिनु भयो ।

आलु र दूधको गुणस्तरमा नोक्सान

आलु र दूधको गुणस्तर र परिमाणमा अत्यधिक नोक्सान हुने गरेको एक अध्ययनले देखाएको छ । खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले दूध र आलुको उत्पादन बढी हुने बागमती प्रदेशका चार जिल्ला (काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र चितवन)मा पाँच महिना लगाएर गरेको अध्ययनले आलु र दूधको उत्पादन र गुणस्तरमा समस्या देखिएको हो । काभे्र र चितवन जिल्लाका ७७ किसान, सात दूध सङ्कलन केन्द्र र तीनवटा दुग्ध उद्योगमा अध्ययन गरिएको थियो । उत्पादन स्थलदेखि प्रशोधन केन्द्रमा दूधको गुणस्तरमा समस्या देखिएको अध्ययनमा संलग्न खाद्यविज्ञ डा. आलोक श्रेष्ठले जानकारी दिनुभयो ।

दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुुने योजना

दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित विश्वास कार्कीले पालिकालाई तरकारी, दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुने गरी काम गर्ने बताउनुभएको छ । किसानको उत्थान हुने आलु, प्याज, लसुन, बेसार, अन्डा र मासुजन्य जस्ता वस्तुमा आत्मनिर्भर तुल्याउने गरी काम गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रोत्साहनस्वरूप किसानलाई उत्पादनको आधारमा पालिकाले अनुदान दिने व्यवस्था मिलाउँछु । खेतीका लागि आवश्यक सिँचाइ, मललगायतमा सहजीकरण गर्दै बजारीकरणको पनि बन्दोबस्त मिलाइनेछ ।”

उत्पादित वस्तु बजारीकरण गर्न दाङमा ‘हरियो बजार’ सञ्चालन

वैशाख १५, दाङ । किसानले उत्पादन गरेको बस्तु बजारीकरण गर्न सञ्चालन गरिएको ‘हरियो बजार’का कारण सहज भएको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलमा ‘हरियो बजार’ सञ्चालनमा आएको छ । जाल्पा लघुवित्त वित्तीय संस्थामा आबद्ध सदस्य तथा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तु खरीद गरी प्रशोधनपछि विक्री वितरण गर्ने योजनाअनुसार हरियो बजार सञ्चालनमा आएको हो ।  संस्थाका लुम्बिनी प्रदेश प्रमुख पवन योगीका अनुसार किसानले उत्पादन गरेपछि बजार पाउन नसकेको कृषिजन्य वस्तु र पशुजन्य पदार्थलाई बजारीकरण गर्ने उद्देश्यले उक्त बजार सञ्चालनमा आएको हो । त्यो बजार सञ्चालनमा आएपछि किसान खुसी भएका छन् । ‘पहिले दूध विक्दैनथ्यो, ४०/४५ रुपैयाँ प्रतिलिटर बेच्नु पर्थ्यो’, तुलसीपुर–१६ भोजपुरका कृष्णमणि शर्माले भने, ‘अहिले सहज भएको छ ।’  अहिले हरियो बजारले रु ६५ प्रतिलिटरमा दूध खरीद गर्छ । ‘पहिले बजार भाउ पाउनै गाह्रो थियो’, उनले भने, ‘अहिले बजारका लागि पनि समस्या छैन, मूल्य पनि राम्रै पाएका छौँ ।’ मह उत्पादन गर्ने किसान पनि खुसी छन् ।   यसरी करीब पाँच हजार किसानलाई हरियो बजारले खुसी बनाएको छ । किसानले उत्पादन गरेको दूध, मह, तरकारी, खाद्यान्नलाई प्रशोधन गरेर बजारीकरण गर्ने गरिन्छ । किसानले गहुँ, तोरी, धान, मकै, चना, खुर्सानी, तिल, च्यूरा, भट्ट, गहत, गेँडागुडी (राजमा) लगायत दाल पनि ल्याउने गरेका छन् ।  त्यतिमात्र नभई उत्पादित सिन्कामारी, अचार, सिलौटो, सिन्की, डाला, छिटुवालगायत सामग्रीलाई समेत बजारीकरण गर्ने गरिएको योगीले बताए । उनका अनुसार अहिले जाल्पाका एक लाख सदस्य छन् । हाल दाङ, प्युठान, सल्यान, रोल्पालगायतका सदस्यले उत्पादन गरेका हरेक वस्तुलाई बजारीकरण गर्ने गरिएको छ ।  जाल्पाले किसानलाई ऋण दिने र त्यसबाट उनीहरुले उत्पादन गरेको वस्तु बजारीकरण गर्नका लागि महिला सामुदायिक सेवा केन्द्र (हरियो बजार) सञ्चालनमा ल्याइएको हो ।  विसं २०७४ देखि हरियो बजार सञ्चालनमा आएको हो । ‘जाल्पाले ऋण लगानी गर्ने र किसानले त्यसबाट दूध, तरकारी, महलगायत अन्य सामग्री पनि निर्माण गर्ने गरे, तर, त्यसले बजार पाउन सकेन’, उनले भने, ‘त्यसपछि हामी आफैँले हरियो बजार सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेको चिजलाई प्रशोधन गरेर बजारसम्म लैजाने गरेका छौँ ।’  दूधबाट दही, पनिर, खुवा बनाएर विक्री गर्ने गरिन्छ । त्यस्तै किसानबाट खरीद गरेको तोरीबाट तेल, धानबाट चामल, गहुँको पिठो बनाएर विक्री गर्ने गरिएको छ । खर्च कटाएर मासिक रू. २५ हजार आम्दानी हुन्छ । अहिले दाङको हरियो बजारमा २०० जनाले दूध उपलब्ध गराउने गरेका छन् ।  दैनिक ५०० लिटर दूध आफूहरुले खरीद गर्ने गरेको योगीले बताए । त्यस्तै २०० किसानले मह उत्पादन गर्ने गरेका छन् । हरियो बजारमा प्राविधिकसहित १५ कर्मचारी कार्यरत छन् । उनीहरु किसानको उत्पादनको घरमै गएर अवलोकन गर्ने गर्छन् । ती प्राविधिकले घरमै गएर तालिम प्रदान गर्नेदेखि फर्मको अनुगमन गर्छन् ।  उपभोक्तासम्म आफ्नो उत्पादन गुण्स्तरीय बनाउनका लागि यसरी प्राविधिकलाई घरमै पु¥याउने गरिएको प्रदेश प्रमुख योगीले बताउनुभयो । उत्पादन भएको चिज काठमाडौं लगेर विक्री गरिन्छ । काठमाडौंका चार सहकारीलाई उक्त चिज उपलब्ध गराउने गरिएको छ । अधिकांश स्थानीय बजारमै खपत भइरहेको छ ।   तोरीको तेल, गेँडागुडी, मह, बेसार, अदुवा, लसुनलगायतलाई काठमाडौँसम्म पनि पु¥याउने गरिएको छ । चालू आर्थिक २०७८/७९ मा किसानबाट २०० क्विन्टल तोरी, ३०० क्विन्टल धान, २० क्विन्टल मह, पाँच क्विन्टल अन्य गेँडागुडी खरीद भएको उनले बताए । जाल्पाका सदस्य मात्रै नभई बाहिरबाट पनि यसरी किसानले उत्पादन भएको सामग्री हरियो बजारमा ल्याउने गरेका छन् ।  दाङ मात्रै नभई सल्यानबाट आलु, कागती, रोल्पाबाट आलु, लसुन, प्यूठानबाट गेँडागुडी पनि आउने गर्छ । सुरुमा काठेकोहलबाट सेवा दिएको हरियो बजारले अन्यठाउँबाट पनि सेवा थप गरेको छ । घोराही–१५ कै रतनपुरबाट उक्त सेवा प्रदान गरिएको हो ।  अब केही समयमा दाङ जिल्लाको तुलसीपुर र भालुवाङबाट यो सेवा शुरु गर्ने लक्ष्य छ । जाल्पाका हाल देशभर ९८ शाखा छन् । संस्थाले बचत, ऋण, बीमा, रेमिट्यान्स र उद्यमशीलता सेवा प्रदान गर्दै आएको छ । रासस

यो संसार कसको हो ?

म सानो छँदा बुबाले भैंसी दुहुँदै गर्दा दूध खान म गिलास लिएर बस्ने गर्थें छेउमा त्यसैबेला देख्थें म बुबाले कहिल्यै भैंसीका दुई थुन दुहुनु भएन । धान काट्ने बेला खेतमा म बुबाको पछि लाग्थें कहिले खेतको आलीमा कहिले ढुंगामा बसेर हेर्थें बुबा भन्नु हुन्थ्यो- खेतमा खसेका धानका बाला टिप्नु हुँदैन । बारीमा आलु खन्दै गर्दा […]

वडा अनुसार कृषि उत्पादन

बागलुङ । बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रूपमा विकास गर्न थालिएको छ । रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले बताएको छ ।     घाँसे मैदान र वनजंगल धेरै रहेको धुल्लुबास्कोटमा भैंसीपालन कार्यक्रम सञ्चालित छ । यहाँका किसानले भैंसीका पाडापाडी उत्पादन, दूध उत्पादन र व्यावसायिक मकैखेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । वडा नं २ हुग्दीशीरमा अलैंची खेतीको पकेट घोषणा गरिएको छ । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यावसायिक अलैंची खेती गर्दै आएका छन् । ‘बाँझो जमीन र खेतीयोग्य जमीनमा समेत अलैंचीको व्यावसायिक उत्पादन थालेका छौं,’ नमूना अलैंची फार्मका अध्यक्ष विमल शर्माले भने, ‘घरबाटै अलैंचीको विक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ ।’ यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैंची निर्यात गर्ने गरेका छन् । तरकारी र फलफूल खेतीका लागि उर्वरभूमि रहेको वडा नं ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रको रूपमा विकास गरिएको छ । यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफूलको व्यावसायिक उत्पादन हुने उनले जानकारी दिए । ‘वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोहीअनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ,’ उनले भने, ‘सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौं ।’ बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ । खेतीयोग्य जमीन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष शर्मा जानकारी दिए । बाख्रापालनका लागि राम्रो मानिएको वडा नं ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ । आलुको उत्पादन राम्रो हुने वडा नं ५ सुखौरा आलु पकेट क्षेत्र हो । रासस

म्याग्दीमा कृषि उपज केन्द्र निर्माण

म्याग्दी । म्याग्दीमा यो वर्ष चार कृषि उपज र आलु संकलन केन्द्र भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा तीन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत एक कृषि उपज संकलन केन्द्र निर्माण गरिएको हो । दुई कृषि उपज र दुई आलु संकलन तथा भण्डारणका लागि भवन निर्माण गरिएको हो ।      कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–४ बास्कुनामा कृषि उपज, रघुगंगा गाउँपालिका–६ ठाडाखानी र वडा–८ घ्याँसीखर्कमा आलु संकलन केन्द्र भवन निर्माण गरिएको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पूर्वाधार विकास कार्यालयको सहयोगमा कृषिउपज संकलन केन्द्र भवन निर्माण गरिएको हो । ‘गाउँका किसानले थोरै थोरै मात्रामा उत्पादन गरेका कृषि उपज केन्द्रमा संकलन गरेर बजार पठाउन सहयोग पुगोस् भनेर संकलन केन्द्र बनाएका हौं’,  कृषि प्रसार अधिकृत पाण्डेले भने, ‘आलुको बिउलाई सुरक्षित रूपमा भण्डारण गरेर गुणस्तरीय बनाउन बिउ भण्डारण केन्द्रले सहयोग पुग्छ ।’     सुन्तला, दूध र तरकारी खेतीको पकेट क्षेत्र बास्कुनामा कृषि उपज संकलन निर्माणका लागि केन्द्रले ७ लाख ७४ हजार अनुदान सहयोग गरेको थियो । दुई कोठे भवनमा तरकारी तथा दूध संकलन गरेर बजार पठाउने र बजारबाट ल्याइने बिउ, मल भण्डारण गरेर राख्ने गरिएको बास्कुना कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताए । यसैगरी आलु पकेट क्षेत्र ठाडाखानीमा दुई कोठे आलु बिउ संकलन र भण्डारण भवन बनाउन केन्द्रले ५ लाख ९९ हजार ४ सय रुपैयाँ सहयोग गरेको छ । करिब दस हजार किलो आलुको बीउ भण्डारण गर्न सकिने दुई कोठे भवन बनाइएको ठाडाखानीको भीरकुना किसान समूहका अध्यक्ष भमाया बुढाथोकीले जानकारी दिए ।     झिंखानी व्यावसायिक कृषि उपज उत्पादन केन्द्र (ब्लक) आयोजना सञ्चालक समितिले घ्याँसीखर्कमा १४ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको आलु संकलन केन्द्रको भवन बनाएको छ । ८ लाखको लगानीमा निर्माण गरिएको भवनमा स्थानीय किसानले उत्पादन गरेको आलु संकलन गरेर बजार पठाउने व्यवस्था मिलाइने समितिले जनाएको छ । यसैगरी तरकारी र आलुको पकेट क्षेत्र मानिएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १०  लाख सहयोगमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण गरिएको छ । मनिबराह बहुउद्देश्यीय किसान समूहका अध्यक्ष लोकबहादुर पूर्जाले दुई तले भवन निर्माण गरिएको जानकारी दिए । रासस

जंकफुड होइन, यी खानेकुराले बच्चाको लागि जरुरी छ

बालबच्चालाई खुसी बनाउन होस् वा रोएको बखत फकाइ-फुल्याइ गर्न, धेरैजसो आमाबुबाले चिप्स, चिजबल, कुरकुरे, चाउचाउ, चकलेट, बिस्कुट आदि दिने गर्छन् । यसको विकल्पमा स्याउ, उसिनेको आलु, गाईको दूध हुँदो हो त के हुन्थ्यो ? सामान्यतः हामीले …

युरिक एसिड बढेमा... - Naya Patrika

खान हुने चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी, चिया, कफी, हरियो सागपात । सिलादका रूपमा गाँजर, काँक्रो प्रशस्त मात्रामा प्रयोग गर्नुपर्छ । दूध र दूधजन्य परिकार, सेतो मासु, दाल तथा गेडागुडी, कुरिलो,...पूरा पढ्नुहोस् »

‘कृषि क्षेत्रलाई बेवास्ता गरियो’

नगदेबाली उत्पादनमा अगुवा इलामका मतदाताले कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्न दलहरू प्रतिबद्ध नभएको आरोप लगाएका छन् । अदुवा, अलैंची, आलु, अकबरे, चिया, अम्लिसो, जडिबुटी, फलफूल र दूध उत्पादनबाट वार्षिक ३० अर्ब रुपैयाँ भित्रने जिल्लामा सरकारी सहयोग भने नगन्य रहेको उनीहरूको भनाइ छ ।