मनाङको प्रदेश निर्वाचन क्षेत्र १(२) बाट दुईपल्ट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालमा तीन–तीनपल्ट मन्त्री भए । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा अहिले पनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका उनीविरुद्ध सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा अझै विचाराधीन छ ।