युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् । सामुदायिक विद्यालयहरूले खेलकुदको विकासका लागि अहम भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै सामुदायिक विद्यालयहरू खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक वि