भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।
फाइल तस्बिर, विप्लवकुमार देवको ट्विटरबाट त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए ।
देवको उक्त भनाइले शाह नेपालविरुद्ध षड्यन्त्र गर्न लागिरहेको भन्ने देखाउनुका साथै छिमेकी मुलुकको सार्वभौमिकतामै प्रहार गर्न खोज...