फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालन

काठमाडौं : पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोट डाँडासम्म शुक्रबारदेखि केबुलकार सञ्चालनमा आएको छ।फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्न अन्नपूर्ण केबुलकार प्रालिले केबलकार निर्माण गरेको हो। केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ।१३ वर्षअगाडि अध्ययन भएर २ अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबारदेखि व्यावसायिक सेवा सुरू गरिएको अन्नपूर्ण केबुलकार प्रालिका निर्देशक तीर्थ त्रिपाठीले बताए। उनले केबुलकारको क्षमता १