काठमाडौं- नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त देशहरूमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौड्यालले रुस र युक्रेनका युद्धमा नेपालीहरूले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरूलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताएकी हुन्। उनले देशका विभिन्न जिल्लाहरूमा महिलाहरूको हत्या भइरहेको भन्दै महिला हत्या रोक्न सरकारसँग माग गरिन्। […]