संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलकांर र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ। उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए। राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ। मन्त्रिपरिषद्को ३१ […]