अविरल वर्षपछि भारतको वित्तीय राजधानी मुम्बईका धेरै क्षेत्र जलमग्न

भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका टोलीलाई पूर्वसावधानी उपायको रूपमा सहरमा तैनाथ गरिएको छ । महाराष्ट्र राज्यमा मनसुन वर्षा सामान्य हो । वर्षाले लाखौं किसानको भाग्यलाई मार्गनिर्