काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जलस्रोत तथा सिंचाई सचिवमा सरुवा भएको गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई सचिव केशवकुमार शर्माको यातायात मन्त्रालयको सचिवमा सरुवा भएको उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।