केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने

काठमाण्डाै - केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने मौसमविद्ले बताएका छन् । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँको भनाइ छ। काठमाण्डौसहित देशका धेरै ठाउँमा आज, हिजो अस्तिको तुलनामा अलि बढी समय घाम लाग्नेछ । तराईमा हुस्सु र कुहिरो कायमै छ । तर केही क्षेत्रमा हुस्सु...

सम्बन्धित सामग्री

पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ।...

आजदेखि मौसम क्रमिकरूपमा सुधार

काठमाडौँ,२५ असोज । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार […]

कहाँ कहिले सुधार हुन्छ मौसम, पानी पर्न कहिले रोकिन्छ?

काठमाडौँ – लगातार पानी पार्ने मौसमी गतिविधि सक्रिय रहेकाले मौसम सुधार हुन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी, मध्य, तराई र गण्डकी प्रदेशका क्षेत्रमा शुक्रबारदेखि मौसम केही सुधार हुन थाल्ने छ । तर कर्णाली तथा सुदूरपश्चिमसहितका क्षेत्रमा मौसम केही सुधार हुनका लागि आइतबारसम्म पर्खिनु पर्ने मौसमविद मञ्जु […]

बुधबारदेखि मौसममा सुधार हुने

आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ। बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु विसीले बताइन्।...

आजदेखि देशभरको मौसम सुधार

काठमाडौं : मौसम पूर्वानुनमान महाशाखाका अनुसार आजदेखि मौसममा सुधार हुँदै जाने भएको छ। केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले मौसम क्रमिकरूपमा सुधार भएको हो।आइतवार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य मौसम बदली भएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार दिउँसो मौसम सफा रहने छ। साँझ पख भने प्रदेश १‚ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली हुने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। देशका पूर्वी तथा पश्चिमी भू&

अझै केही दिन मौसम सुधार नहुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ ।

शुक्रवारदेखि मौसम सुधार हुँदै जाने

काठमाण्डाै – पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आउँदाे शुक्रवारदेखि क्रमिक सुधार हुने भएको छ । याे मौसमी प्रणाली शुक्रवारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । ‘बिहीवारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ’, उहाँले भन्नुभयो । विभागले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्शसहितकाे विज्ञप्ति निकालेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै ठाउँम...

शुक्रबारसम्म मौसम सुधार नहुने

मनसुन देशैभर सक्रिय भई वर्षा भइरहेको र आगामी शुक्रबारसम्म सुधार हुने संकेत नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । ‘देशैभर पानी परिरहेको छ, मध्यनेपाल केन्द्रित ठूलो वर्षा अन्यत्र पनि...

मंगलबारसम्म मौसम सुधार नहुने

भोलि मंगलबारसम्म मौसममा सुधार नहुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आइतबार मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।महाशाखाले ३ दिनसम्मको मौसम पूर्वानुमान गर्छ । बुधबारपछिको मौसम के हुने भन्ने विषयमा अहिल्यै थाहा नहुने महाशाखाले बताएको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको न्यून चापीय प्रणाली तथा स्थानीय र पश्चिमी वायुको प्रभाव […]