प्रतिनिधिसभाको विषयगत समिति अन्तरगत महिला तथा सामाजिक मामिला समितिमा मङ्गलवार आदिवासी जनजाति महिला तथा किशोरीहरूको अधिकारबारे छलफल भयो । सुझाव एवम् छलफलका लागि समितिले बोलाइएकोमा मंगलबार राष्ट्रिय आदिवासी महिला मञ्च (निफ) का अध्यक्ष सुनी लामाको नेतृत्वमा प्रतिनिधि मण्डल सिंहदरबार पुगेको हो ।