मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ। नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा सम्पन्न वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नाका बन्द गर्ने निर्णय गरेको हो।#dekhapadhi #indianepalborder #newsupdates