आज मिति २०७८ साल मंसिर महिनाको ९ गते बिहीवार।
बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचार लिएर हामी उपस्थित भएका छौँ ।
आगामी बुधवारदेखि सर्वोच्च अदालतको इतिहासमै पहिलोपटक गोलाप्रथाबाट पेशी तोकिने भएको छ ।
सर्वोच्च अदालतका १८ न्यायाधीशको बुधवार बसेको बैठकले आज (बिहीवार) फुलकोर्ट बैठक बसेर औपचारिक निर्णय गर्ने अनि आगामी बुधवारदेखि गोलाप्रथा प्रणाली कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
फुलकोर्ट बैठक भोलि दिउँसो १ बजेका लागि तय भएको छ ।
यससँगै आगामी बुधवारदेखि न्यायाधीशहरू सबै प्रकृतिका ...