जनकपुरमा सर्लाहीका प्रदेश सांसद र नगरप्रमुखको गाडी तोडफोड
राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न मधेश प्रदेशको राजधानी जनकपुर पुग्नुभएका सर्लाहीका प्रदेश सभा सदस्य र नगरप्रमुखको सरकारी गाडीमा बुधबार तोडफोड भएको छ ।
मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।