संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन निर्वाचन : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनका लागि भएको बताएका छन् । पाँचदलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीद्वारा आज  आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको उल्लेख गरे ।‘बाह्र बुँदे सम्झौताअनुसार बेपत्ता र  द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन स