रसुवा – गङ्गादशहराको अवसरमा लागेको गोसाईंकुण्ड मेलामा १५ सय जनाभन्दा बढी तीर्थयात्री आएका छन् । गोसाईंकुण्ड क्षेत्र विकास समितिका अनुसार १० दिनसम्म सञ्चालन भएको मेलामा यो सङ्ख्यामा तीर्थयात्री आएका हुन् ।
यसअघिका दुई वर्षमा कोभिड–१९ कारण मेला सञ्चालन नभएकोमा यस पटक भने मेला सञ्चालन गरिएको हो । समितिका अध्यक्ष संजिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गङ्गादशहरामा गोसाईंकुण्डमा कम सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । यस पटक मेलामा एक हजार ८५ जना जिल्लाबाहिरका र ५३ जना विदेशी आएका छन् । यो टिकट का...