निजगढ विमानस्थलकाे सम्बन्धमा सर्वोच्चको फैसला अविवेकी : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिनुभएको छ । वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थल सम्बन्धि निर्णय पनि त्यसकै नमूना भएको आरोप लगाउनुभयो । उहाँले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने […]

सम्बन्धित सामग्री

निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको फैसला अविवेकीः रामचन्द्र पौडेल

काठमाडौँ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन्। वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि त्यसकै नमुना भएको आरोप लगाए। उनले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरवलोकन गर्नुपर्नेमा […]

निजगढमा विमानस्थल रोक्ने सर्वोच्चको फैसला विवेकसंगत भएन : रामचन्द्र पौडेल

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले अदालतले कानुनमात्र हेरेर गरेका कतिपय निर्णय वास्तविकतासँग मेल नखाने भन्दै फैसला पुनरावलोकन हुनुपर्ने धारणा राखेका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘यो निर्णय विवकेसंगत भएन, अदालतले निर्णय […]

सर्वोच्च अदालतको फैसलाको विपक्षि दल लगायले गरे स्वागत

र्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना सम्बन्धमा गरेको फैसलामा विभिन्न राजनीतिककर्मीले प्रतिक्रिया दिनुभएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फैसलाको सम्ममान गर्दै त्यसको स्वागत गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गरी२०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको विज्ञप्तिमा स्मरण गरिएकाे छ । पूर्व प्रधानमन्त्री तथा नेता पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको यो फैसलाले गौरवको अनुभुति भएको बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले फैसला ऐतिहासिक भएको सर्वोच्चका न्यायाधीशको साहसिक निर्णय भएको भन्दै सवै नेपालीको विजय भएको बताउनुभएको छ । यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिनुभएको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएमा सर्वोच्च अदालतलाई धन्यवाद दिनु भएको छ ।