सुदूरपश्चिमका सांसद बोहोरालाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टी एकीकरण नभई पूर्ववत् अवस्थामा फर्काएको भए पनि बहोराको राजनीतिक क्रियाशीलता नेकपा एमाले पार्टीमा देखिएको र एमालेको केन्द्रीय सदस्यसमेत नियुक्ति भएको देखिएको भन्दै बोहोरालाई स्पष्टीकरण सोधेको हो ।