ट्याँस्स टिको

किसानहरूको आँखा भीडको बयान सुनेपछि टलपल रसाएर आयो । उनीहरू भावुक बने । भीडले तिनलाई सोध्दै नसोधी कालो रङको टीका लगाइदिए । कालो टीका लगाइदिने भीड फर्केको मात्र के थियो । अर्को क्रान्तिकारी भीड आएर च्याप्प समात्यो र भन्यो – सबैभन्दा शक्तिशाली हामी नै हौँ ट्याँस्स टिको टाँस ! देश बनाउने जिम्मा हाम्रो पक्का भो ।