लमजुङ । दोर्दी गाउँपालिकाका सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न तथा उपभोक्ताका लागि निःशुल्क विद्युत् सेवा दिने प्रतिबद्धता जनाएको छ । गठबन्धनले स्थानीय तह निर्वाचन–२०७९ का लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो । शिक्षा क्षेत्रमा गाउँपालिकाका सामुदायिक विद्यालयमध्ये […]