द्वन्द्वग्रस्त मुलुक सुडानबाट ६ नेपाली सुरक्षाकर्मीको उद्धार गरिएको छ । सेनाका अधिकृत २ जना, प्रहरीका अधिकृत ३ जना र सशस्त्र प्रहरी बलका १ जना छन् । उनीहरु ६ जनालाई ‘युनाइटेड नेसन्स इन्टेग्रेटेड ट्रान्सिसन अडिस्टेन्स मिसन इन सुडान’ मा कार्यरत थिए । यो संयुक्त राष्ट्र संघको राजनीतिक मिसन हो ।