मेयरको आदेशमा अवैध उत्खनन्, नगरपालिकाका सवारी प्रहरी नियन्त्रणमा

महोत्तरीको गौशालास्थित मराहा खोलाबाट अवैध उत्खनन् गर्ने ६ वटा सवारी कारबाहीमा परेका छन् । अनुगमनका क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको फेला पारेपछि गौशाला नगरपालिकाको प्रदेश २–०४–००१ ग ०००१ नम्बरको जेसीबी, प्रदेश २–०२–००१ द ००१३ नम्बरको ट्याक्टर र अन्य ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि सिफारिस गरेको हो ।