संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन : उप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलबार भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, …