गोरखाको आरुघाटमा पहिरोले १ सय ५५ घर जोखिममा

गोरखाको  आरुघाट गाउँपालिका १ च्यामचेतमा पहिरोका कारण १ सय ५५ घर जोखिममा परेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सो निर्वाचन क्षेत्रका सांसद हरिराज अधिकारीले बुधबार साँझ ६ बजे भएको पहिरोको घटनाका कारण ४० घर र पशु चौपाया बगाएकोबारे संसद र सरकारलाई जानकारी गराए ।२ वटा पहिरोका कारण १ सय ५५ घर जोखिम रहेको र उनीहरु यथास्थितिमा बस्ने अवस्था नभएको जानकारी गराए । सांसद अधिकारीले  उनीहरुको बैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।