यो मनसुनमा बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुने

आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित क्षति र प्रभावलाई कम गर्नेगरी तयारी गरेको छ । यस पटक पहाड र हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। सो