एनएसएलको सर्वाधिक गोलकर्ता मेसुके र बिनोङ एनआरटीमा, लिगको तयारीमा जुट्दै क्लबहरु

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको घोषणा भएसँगै पछिल्लो समय नेपाली क्लबहरु खेलाडी अनुबन्धनमा जुटेका छन्। यसैक्रममा पाँच पटक ए डिभिजन लिगको उपाधि जितेको न्युरोड टिम 'एनआरटी' ले दुई जना विदेशी खेलाडीलाई अनुबन्धित गरेको छ। जेठमा सम्पन्न नेपाल सुपर लिग 'एनएसएल' का सर्वाधिक गोलकर्ता काठमाडौं रेजर्सबाट ८ गोल गरेका…