धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे । पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उहनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ । सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन् । उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपाङ्ग छन् । आमालाई क्यान्सर रोगस