प्रकोप प्रभावितलाई वर्षाअगावै सुरक्षित आवास सुविधा पुर्‍याउन मन्त्री गुरुङको निर्देशन

सहरी विकासमन्त्री सीता गुरुङले आगलागीलगायत प्रकोप प्रभावित भई घरविहीन बनेका नागरिकलाई वर्षा सुरू हुनुअगावै ओत लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छन् । आइतबार मन्त्रालयमा भएको सहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले विपद् प्रभावित भई घरविहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन दिएकी हुन् ।