सुदूरपश्चिममा भीम रावललाई धक्का, प्रभावशाली नेता कसरी भए निष्प्रभावी ?

नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल अन्ततः निष्प्रभावी देखिएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल निष्प्रभावी ठहरिएका हुन् ।प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जना औपचारिक रुपमै एकीकृत समाजवादतिर लागेका छन् भने ३ जनाको कागजात नमिलेका कारण आज आयोगमा आफ्नो नाम सनाखत गराएका छैनन् । भौतिक पूर्वाधार विकास मन्त्री द