खोटाङमा नेपाली नक्कली नोट सहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता भएको छ । एक हजारको ५ वटा नक्कली नोटसहित साउन २० गते पक्राउ परेका लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ विरुद्ध जिल्ला अदालत खोटाङमा आइतबार मुद्दा दर्ता भएको हो । नक्कली मुद्रासहित पक्राउ परेका श्रेष्ठ विरुद्ध खोटा चलन अन्तरगत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए ।