श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।समाजवादी प्रेस सङ्गठननिकट पत्रकारहरूसँग आज यहाँ आयोजित अन्तक्रिर्यामा मन्त्री कुँवरले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धनको सरकारको विकल्प नरहेकाले त्यसतर्फ छलफल भइरहेको बताए ।मन्त्री कुँवरले मुलुकमा विशिष्ट परिस्थितिमा गठबन्धन निर्माण भएको बताउँदै त्यसले दुईवटा चुनाव सम्पन्न गरी राजनीतिक अन्योलताको अन्त्य गरेकाले अहिले नै गठबन्धनको विक