विराटनगर : सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ।पछिल्लो मत परिणामअनुसार चौधरी काँग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ४०७ को मतले अगाडि छिन्। चौधरीले २४‚२६३ मत ल्याउँदा गच्छदारले १९‚६७० मत ल्याएका छन्।
विराटनगर : सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता कायमै रहेको छ। २८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन्। उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २३६६४ मत पाीत गरेका छन्। अहिलेसम्म यहाँ ६४५२७ गणना भएको सुनसरी ३ को निर्वाचन अधिकृतको कार्यालले जनाएको छ। अब सुनसरीको गढी गाँउपालिकाका ४ वटा वडा र बर्जु गाँउपालिकाको मत गन्न बाँकी छ। सुनसरी ३ मा ९२५३५ मत खसेको थियो।