अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच बिहीबार फिल्म निर्देशन विषयमा सम्झौता भएको छ । मुम्बईमा फिल्म सम्झौता भएको हो ।‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ’ मुम्बईमा रहेका निर्माता रघुले भने । निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भ