गाजापट्टी संघर्षमा नौ बच्चासहित २० को मृत्यु

एजेन्सी। गाजापट्टीमा इजरायलसँग भएको संघर्षमा नौ बच्चासहित २० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन्। पछिल्लो समय दुई देशबीचको संघर्षमा एकदिनमा भएको यो ठूलो रक्तपात हो। उत्तरी गाजामा भएको एक विस्फोटमा तीन बच्चासहित एकै परिवारका कम्तीमा सात व्यक्तिको ज्यान गएको सेनाको भनाइ छ। गाजापट्टीबाट रकेट हमला गरिएको र जवाफी कारवाही भएको इजरायली सेनाले बताएको छ।

सम्बन्धित सामग्री

अफगानीस्तानमा भीषण संघर्ष, २० तालिबानको मृत्यु

एजेन्सी।अफगानिस्तानको बदख्शां प्रान्तमा सरकारी फौज र तालिबान लडाकुबीच भीषण संघर्ष भएका छ।संघर्षमा २० जना तालिबानी लडाकु मारिएको जनाइएको छ।अफगानिस्तानमा रहेको गठबन्धन सेनाको क्याप्टेन अब्दुल रजाकले संघर्षमा तीन जना सैनिक पनि मारिएको बताएका छन्।संघर्षमा १० जना तालिबानी लडाकु र ५ जना सुरक्षाकर्मी घाइते भएका छन्। स्थानीयले तालिबानले पछिल्लो चौबीस घण्टामा तगाब, किशिम, ताशकन र सहर–ए–बुजुर्गको मुख्यालय कब्जा गरेको बताएका छन्।