२२ कात्तिक, काठमाडौं । मंगलबार बिहान दुधे बालकसहित एक महिला यात्रु नेपालगञ्जबाट डोल्पास्थित जुफाल विमानस्थल जाने बोर्डिङ पास बोकेर मुगु पुगेकी छिन् । समिट एयरको टिकट काटेकी उनी नेपालगञ्जबाट नेपाल एयरलाइन्स (नेवानि) को जहाज चढ्न पुगिन् । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार डोल्पाको ठूलो भेरी नगरपालिकाकी राजकुमारी बुढा र उनका दुधे बालक नेपालगञ्जबाट डोल्पा जान बोर्डिङ […]