पाल्पाका ऐतिहासिक दसैंघर र कोतघरमा  जमरा राखियो

पाल्पाको ऐतिहासिक कोतघरमा घटस्थापनासँगै जमरा राखिएको छ । तानसेन र ग्रामीण भेगका ऐतिहासिक दसैं घरलगायत अग्ला डाँडामा रहेका कोतघरमा घटस्थापना गरिएको हो । सोमबार नै घरघरमा घटस्थापना गर्नुका साथै जमरा राखिएको छ ।