काठमाडौं। प्रतिनिधि सभाको अवरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग वार्ता र संवाद गर्न राजनीतिक दलहरूले सभामुखलाई सुझाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसद् भवनको ल्होत्से हलमा संसद् सञ्चालनका लागि राजनीतिक दलहरूसँग सर्वदलीय बैठक आह्वान गरेका थिए ।