बाढी पहिरोबाट कहाँ कति क्षति ?

देशका विभिन्न स्थानमा लगातारको पहिरो तथा बाढीबाट विभिन्न धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।     ताप्लेजुङ– आठराई त्रिवेणी गाउँपालिका–१ ढाडेस्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा शुक्रबार बिहान पहिरो जाँदा करिब रु १५ लाख बराबरको विभिन्न धनमाल नष्ट भएको छ ।     कैलाली– चुरे गाउँपालिका–५ काफलगैरा टोलको जमिन भासिँदा २५ घरपरिवार जोखिममा परेका छन् । यस्तै जानकी गाउँपालिका–४का गिर्धरपुर, टावरटोल र वेलपुरका गरी जम्मा ८० घरधुरी र सोहीगाउँ...

सम्बन्धित सामग्री

दार्चुलाका बाढी पहिरो पीडितलाई आजदेखि राहत वितरण गरिँदै

काठमाडौँ । दार्चुलाका बाढी पहिरो पीडितका लागि आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठुलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला […]

ब्राजिलको पेट्रोपोलिसमा बाढी पहिरो : १०० जनाको मृत्यु

ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी पहिरो जाँदा करिब एक सयजनाको मृत्यु भएको छ। रियो डि जनेरियोको उत्तर तर्फ रहेको पहाडी क्षेत्रमा रहेको पेट्रोपोलिस शहर प्रसिद्ध पर्यटकिय क्षेत्र हो। बाढी पहिरोका कारण कयौं घरहरु क्षतिग्रस्त भएका छन् भने शहरमा पानी जमेको छ। ८० वटाभन्दा बढी घरहरुमा क्षति पुगेको बताइएको छ। ३५ जना…

बाढी पहिरो पीडितका लागि सरकारले विशेष प्याकेजको घोषणा गर्छः देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए ।  प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले ध

बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिएका हुन् ।उनले बाढीपहिराका कारण कतिपय स्थानमा आवतजावतसमेत रोकिएको उल्लेख गर्दै त्यस्ता स्थानमा हेलिकोप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताए । उनले प्राविधिक टोलीले स्थलगत निरी

सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाज प्रतिको उत्तरदायित्व बहन गर्

२६ जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा

काठमाडौं। मनसुन सुरु भएपछि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका २६ वटा जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा परेका छन्। अविरल वर्षाको कारण बाढी पहिरोमा परी ठूलो धनजनको क्ष्ति भएको गृह मन्त्रालयले जनाएको छ। अविरल बर्षासँगै आएको पहिरो र बाढीले देशभर ४६२ वटा निजी घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको मन्त्रालयले बताएको छ।

पछिल्लो चौबिस घण्टामा बाढी–पहिरो र अविरल वर्षाका घटनामा २८ जना बेपत्ता

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी २८ जना बेपत्ता भएका छन्। ती घटनाले २ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा १६, जाजरकोटमा ७ र बाजुरा, गोरखा, प्युठान, काभ्रे र अर्घाखाँचीमा एक–एक जना बेपत्ता भएका छन्।

बाढी पहिरो प्रभावित क्षेत्रको घरको बीमा गरिने

हरेक वर्ष मनसुन सुरु भएसंगै बाढी, पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति हुन थालेपछि सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बीमा गर्ने भएको छ । विगत दुई दिनयता देशका विभिन्न भागमा बाढी, पहिरोबाट ठूलो जनधनको क्षति भएपछि बुधबार बिहान गृहमन्त्री नेतृत्वका विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र …

बाढी, पहिरो र डुबानबाट क्षति

काठमाडौं, असार २। नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको […]